स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने बहालवाला जनप्रतिनिधिले राजिनामा नगरी मनोनयन दर्ता गर्न नपाउने प्रावधानको निर्वाचन आयोगले बचाऊ गरेको छ । केही बहालवाला जनप्रतिनिधिले यसबारे आवाज उठाईरहेको सन्दर्भलाई जोड्दै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुने बताएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहितामै यो व्यवस्था नगरेको भए कानूनी जटिलता उत्पन्न भएर निर्वाचनलाई असर गर्ने दावी गरे ।
‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने कानूनी व्यवस्थाका कारण आचारसंहितामै यस्तो व्यवस्था गरिएको प्रवक्ता पौडेलले खुलाए ।
उनले प्रतिनिधिहरुले राजीनामाका कारण स्थानीय तह रिक्त हुन्छ र काममा बाधा पर्छ भन्ने कुरा गलत रहेको भन्दै प्रवक्ता पौडेलले भने, ‘एउटा कुनै पदाधिकारीले लिडरसिप लिनुहुन्छ र त्यो स्थायी कर्मचारी संयन्त्रबाट काम हुन्छ । सर्वसाधारणको सेवा प्रवाह रोकिँदैन ।’
आयोगले निर्वाचन आचार संहितामा कार्यान्वयन प्रभावकारी बनाईने बताएको छ ।