close

कांग्रेस वीरगञ्ज सभापतिमा नेपाली निर्वाचित

कांग्रेस वीरगञ्ज सभापतिमा नेपाली निर्वाचित

Trulli
ADVERTISEMENT

पर्सा– नेपाली कांग्रेस वीरगञ्ज महानगरको महानगर कार्यसमिति सभापतिमा मणिन्द्रलाल नेपाली निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वीरगञ्ज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा राधेश्याम चौरसियालाई हराउँदै नेपाली सभापतिमा निर्वाचित भएका हुन् ।


मत परिणामअनुसार सभापतिमा नेपालीले २५७ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी चौरसियाले २२१ मत ल्याए । अर्का प्रतिद्वन्द्वी दीपेन्द्र चौहानले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । महानगर कार्यसमितिका लागि तीन जनाले सभापतिमा उम्मेदवारी दिएका थिए ।

 


उपसभापतिमा नेपाली समूहका सन्तोष गुप्ता २४८ मत र चौरसिया समूहका सरजुग महतो २४४ मत ल्याएर विजयी भए । निर्वाचन अधिकृत रामबालक प्रसाद यादवका अनुसार सचिवमा शिवचन्द्रप्रसाद यादव र श्यामप्रसाद कुर्मी निर्वाचित भए । सहसचिवमा सज्जाद हुसैन समानी र दीपककुमार साह निर्वाचित भएका छन् ।