close

एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार गर्ने

एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं–सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।


सांसदमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ । सर्वदलीय बैठकमा आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘समसामयिक परिस्थिति र महाभियोगबारे छलफल गर्ने भनिएको छ । हामी बैठकमा जाँदैनौँ,’ उनले भने ।


सभामुख सापकोटाले सोमबार २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयका अनुसार समसामियक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।


यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित भएको थियो । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को वैधतामाथि प्रश्न उठाउँदै एमालेले एकीकृत समाजवादी सहभागी हुने बैठकमा वहिष्कार गर्दै आएको छ ।