close

 सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरायो महाअभियोग 

 सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरायो महाअभियोग 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको जानकारी दिए ।

नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

 

राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने कानुनी प्रावधान छ ।  उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्ने व्यवस्था छ । ।