close

स्थानीय तहको निर्वाचनका बारे छलफल गर्न पाँचदलीय समन्वय समितिको बैठक बस्दै

स्थानीय तहको निर्वाचनका बारे छलफल गर्न पाँचदलीय समन्वय समितिको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं–  पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक बस्दैछ ।  समन्वय समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा उठेका विषयमा पनि आज थप छलफल हुनेछ ।

 

यसअघिको बैठकमा संविधानमा व्यवस्था भए बमोजिम निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको थियो । यी लगायतका विषयमा छलफल हुन्छ, पौडेलले बताए । यसैगरी,सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बैठकमा स्थानीय तहको चुनाव, संसद लगायतका विषयमा छलफल हुने बताए ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समन्वय समितिका संयोवक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहनेछ ।