close

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितलाई छुट्टै मतदान स्थल

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितलाई छुट्टै मतदान स्थल

Trulli
ADVERTISEMENT

काठमाडौं– १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले बुधबार जारी गरेको १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार कोरोना संक्रमित भए पनि मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।

 

संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान स्थल बनाइनेछ भने मत खसाल्न बेग्लै बाकससमेत राखिनेछ । मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली राख्ने तयारी छ । राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि निर्वाचन गर्न लागिएको हो ।

 

निर्वाचनका लागि गाउँपालिका प्रमुख तथा उपप्रमुख र नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । २०२५ जनाले मतदान गर्नेछन् ।

 

१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनले भागबन्डा गरी १९ पदका लागि उम्मेदवार उठाएका छन् भने एमालेले १९ उम्मेदवार उठाएको छ ।