close

पाँच दलीय सत्ता गठबन्धन समन्वय समितिकको बैठकमा  स्थानीय तहको निर्वाचनबारे छलफल 

पाँच दलीय सत्ता गठबन्धन समन्वय समितिकको बैठकमा  स्थानीय तहको निर्वाचनबारे छलफल 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

 

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्व रहेको उच्चस्तरीय समन्वय समिति बैठकमा स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल केन्द्रीत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

 

यससँगै मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पनि छलफल हुने उनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।

 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको चुनाव, कोभिड–१९ महामारी नियन्त्रण लगायतका विषयमा  छलफल गर्ने सहमति जुटेको थियो । बैठक आज बिहान करिब १० बजेदेखि सुरु भएको थियो ।