close

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– नेकपा (एमाले) को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष  र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका हुन् ।

 

शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरु चयन भएका हुन् । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख छन् । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र) बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार भएकी थिइन् । 

 

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुनेभएको हो ।