close

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली भेट

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली भेट

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका थिए ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा संसद्को गतिरोध हटाउनेबारे कुराकानी भएको छ । दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेटेका थिए ।

 

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै २३ भदौयता एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।