close

सभापति देउवाले गरे १० केन्द्रीय सदस्य मनोनयन 

सभापति देउवाले गरे १० केन्द्रीय सदस्य मनोनयन 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन्  । 

 

नेपाली काङ्ग्रेसको विधानको धारा २१ को उपधारा (१०)  बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,  विमलेन्द्र निधि,  विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।