close

माओवादीको विधान बहुमतले पारित

१५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

माओवादीको विधान बहुमतले पारित

१५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा माओवादी केन्द्रको विधान मस्यौदा बहुमतसहित अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित आठौँ महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो ।

 

अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहनेछन् । विधानअनुसार पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उप–महासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

 

पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै, केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था छ । १५ प्रतिशत सदस्य मनोनीत गरिनेछ । यसअघि १० प्रतिशत मात्रै मनोनीत हुने व्यवस्था थियो ।

 

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार मस्यौदामा केही परिमार्जन गरी प्रतिनिधिको सुझावअनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

 

विधान पारित भएलगत्तै बन्दसत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।