close

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ : राजनीति चुनौतीपूर्ण

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ : राजनीति चुनौतीपूर्ण

Trulli
ADVERTISEMENT

काठमाडौं– महाधिवेशन जारी रहेकै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीति तरल र चुनौतीपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतीपूर्ण रहेको बताएका हन् । 


‘देशको राजनीति निकै तरल र चुनौतीपूर्ण छ । निरंकुश तत्त्वले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘देशभित्रको आन्तरिक राजनीति तरलता र दक्षिणपन्थीको मोर्चाबन्दीबाट सचेत हुनु जरुरी छ ।’


प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा जनताको व्यापक सहभागिताले उनीहरू परिवर्तनको पक्षमा रहेको प्रस्ट भएको पनि उल्लेख गरे । प्रचण्डले वाम लोकतान्त्रिक शक्तिबीचको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारका सेटिङ भत्काउन सकिएको दाबी गरेका छन् । प्रचण्डले नयाँ–नयाँ शैलीमा प्रतिगमनको प्रयास गर्ने क्रम नरोकिएकाले परिवर्तनको रक्षा गर्नु पार्टीको प्रमुख जिम्मेवारी भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।