close

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।


कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।  उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन ।
 
अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।  बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा  गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेका  सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

 

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।