close

प्रदेश २ मा कांग्रेस संस्थापन पक्षका कृष्ण यादव सभापति विजयी 

प्रदेश २ मा कांग्रेस संस्थापन पक्षका कृष्ण यादव सभापति विजयी 

Trulli
ADVERTISEMENT

जनकपुरधाम– नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

 

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

 

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।