काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ९ सय मतको अग्रता लिएका छन् ।
३८९० मत गणना हुँदा गगनले २५१२ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १५९७, डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजाल ६७९ र राजाराम कार्कीले ८८ मत पाए ।