काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने धनराज गुरुङले १२६७ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।