काठमाडौँ —कांग्रेस सभापतिको मतादानमा पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतादानमा विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्न भएका छन् ।
देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै नेताहरुसँग भेटघाट गर्ने क्रममा मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । स्रोतका अनुसार निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।
यस अघि नेता प्रकाशमान सिंहले देउवालाई साथ दिने घोषणा गरिसकेका छन् । दुवै नेताले समर्थन गर्ने भएपनि देउवालाई दोस्रो चरणको निर्वाचन सहज देखिएको छ ।
सोमबार भएको निर्वाचनमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ भने बाँकी दाैडबाट बाहिरीएका छन् ।