close

एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनीत

एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनीत

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनीत गरेको छ । आइतबार भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको हो ।


चितवनमा हालै सम्पन्न एमालेको दसौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका अध्यक्ष केपी ओली निकट सांसद एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डित, दुर्गा प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।


एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएकामा दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे रहेका छन् ।


यस्तै, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने,रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित,सुवास देवकोटा, चूडादेव सिंह केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।यस्तै, मनोनीत हुनेमा रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक रहेका छन् ।


यसैगरी महिलातर्फ इन्दिरादेवी गौतम,सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जेल, शान्ति अधिकारी,रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ, गीता कार्की मनोनीतमा परेका छन् ।