close

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

 

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन  भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।  उनी नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुन् । ‘कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो’, भट्टराईले भने  । नरहरिनाथ गाउँपालिका घर भएका उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए । 

 

मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा

बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । 

 

कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा  समानुपातिक प्रदेशसभा सदस्य हुन भने पौडेल संविधानसभा सदस्य भइसकेका हुन । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुन । उनीहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए   ।