close

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् ।

 

उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे। अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ । 

 

उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए ।

 

यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ ।