close

कांग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान हुँदै, बानियाँलाई प्रधानको समर्थन

कांग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान हुँदै, बानियाँलाई प्रधानको समर्थन

Trulli
ADVERTISEMENT

काठमाडौं– शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरेका छन् । यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाएका हुन् भने अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका छन् । 


मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिनुएका थिए ।  अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

 नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ । 

 

आज अपरान्ह २ः३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए।  यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

 

केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताएका हुन् ।  घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गरेको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिए । प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी छन् ।