close

राप्रपा निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो : कमल थापा

राप्रपा निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो : कमल थापा

Trulli
ADVERTISEMENT

काठमाडौं– राप्रपाको एकता अधिवेशनमा अध्यक्षपदमा पाराजित भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निबासको हस्तक्षेप भएको आरोप लगाएका छन्  । निर्वाचन परिणाम लगतै समाजिक सञ्जाल मार्फत नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिँदै उनले सो आरोप लगाएका हुन् । 


उनले भनेका छन्, पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु।
 सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।