close

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी 

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी 

Trulli
ADVERTISEMENT

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

 

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

 

मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।