close

भक्तपुरका चार नगरमा माओवादी केन्द्रको नयाँ नेतृत्व

भक्तपुरका चार नगरमा माओवादी केन्द्रको नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरका चार नगरमा नेकपा (माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । 

 

जिल्ला कमिटीका अध्यक्ष देवीप्रसाद ढकालका अनुसार भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल र नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो, सहसचिवमा विकास कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका छन् ।  

 

यस्तै चाँगुनारायण नगर कमिटीको अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने र सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्रीलाई चयन गरिएको छ ।     मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा विजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत द्योँ र विकेश श्रेष्ठ, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा जगतमाया प्रजापतिलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष ढकालले जानकारी दिए । 

 

यसैगरी सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर, उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की र जुजुभाइ राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा र कोषाध्यक्षमा मीना कार्कीलाई चयन गरिएको छ । पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्यसमिति गठन गरिएको बताइएको छ ।