close

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

Trulli
ADVERTISEMENT


काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

 

 प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

 

गत भदौ १० मा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य  मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य अल्पमतमा थिए । उनको राजीनामा पछि गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई  मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।