चितवन– नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाएकी छन् । उनले २०९६ मतमध्ये १९७६ पाएकी छन् ।
उपाध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाएका छन् । उपध्यक्षका प्रतिस्पर्धी घनश्याम भुसालले भने ७२५ मत मात्रै पाएका छन् ।
निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम भने सार्वजनिक गरिसकेकाे छैन् ।