close

एमालेको पालिकास्तरीय अधिवेशन आज

एमालेको पालिकास्तरीय अधिवेशन आज

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा (एमाले)को पालिकास्तरीय अधिवेशन आज हुँदैछ । दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

बाढिपहिरो प्रभावित र सहमती हुन नसकेका पालिकाहरुमा भने आज अधिवेशन नहुने बताइएको छ । एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एकरएक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।