close

प्रमुख आयुक्तले भने : स्थानीय तहको निर्वाचनको सिफारिस भएको छैन

निर्वाचन आयोग पदाधिकारी–प्रधानमन्त्री देउवा भेट

प्रमुख आयुक्तले भने : स्थानीय तहको निर्वाचनको सिफारिस भएको छैन

निर्वाचन आयोग पदाधिकारी–प्रधानमन्त्री देउवा भेट

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रिय सभाको रिक्त हुने १९ पदको निर्वाचनको तयारीबारे छलफल भएको मुख्य निर्वाचन आयुक्त दिनेशराज थपलियाले बताए ।

 

प्रधानमन्त्री देउवालाई आगामी राष्ट्रिय चुनावको तयारीबारे ब्रिफिङ गरिएको उनले जानकारी दिए । आगामी वैशाखपछि स्थानीय तहका पदाधिकारीको पदावधि सकिँदै छ ।

 

‘स्थानीय तहको निर्वाचनको सिफारिस गरिएको छैन । अझै समय छ । १२० दिन अघि गरौंला । प्रधानमन्त्रीसँगको परामर्शमा त्यसबारे कुनै कुरा उठेन । राष्ट्रिय सभाको निर्वाचन र आयोगले गरिरहेका कामबारे जानकारी दिएका हौँ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिकाखबरसँग भने ।

 

निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी सिंहदरबार पुगेका थिए ।