काठमाडौं– नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन् । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन् । टोखामा ११ वडा छन् ।
यस्तै नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाअनुसार उनले १२८ मत ल्याएर विजय भएका हुन् । गैतमका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे ।
दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ तथा दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा छन् ।
काठमाडौँका पालिकामा शनिबार अधिवेशन घोषणा गरिए पनि दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको थियो ।