बाजुरा– नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा प्रदेश (ख) को सभापतिमा रंगबहादुर खाती विजयी भएका छन् । उनी ४३७ मत ल्याएर विजयी भएका हुन् । खातीका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २७५ मत ल्याएर पराजित भए ।
बिहीबार सम्पन्न मतदानमा जम्मा ७२५ मत खसेको थिए । प्रदेश (ख) को सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट रंगबहादुर खाती र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट देवबहादुर रोकायाबीच स्पर्धा भएको हो ।
७२७ मध्ये ७२५ मत खसेको थियो । उपसभापतिका आकांक्षी २ जनामा ६ जनाको उम्मेदवारी परेको थियो । शेरबहादुर सिंहले ३९० र दिलबहादुर बुढा ३०६ मत ल्याएर विजयी भए ।
सचिवमा चक्रराज जोशीले ४५२ र दिलबहादुर थापा ३३० मत ल्याएर विजयी भए । सहसचिवमा अर्जुन नाथले ४४६ र महेन्द्र रावलले ३१५ मत ल्याएर विजयी भएको कांग्रेस बाजुराले जनाएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधिमा सुरत शाह, परेनाथ प्रेम, तालबहादुर रावत, चन्दबहादुर रावत, हीरेन्द्रबहादुर रोकाया, जनकबहादुर सिंह र जनकबहादुर रोकाया निर्वाचित भएका छन् ।
खस आर्य खुलामा भानुभक्त पाध्याय, हर्कबहादुर रावत ३३८ र तेजबहादुर कडायत विजयी भए । खस आर्य महिला प्रदेश प्रतिनिधिमा सीतादेवी अएडी, जानकीदेवी रावल विजयी भए । दलित खुला प्रतिनिधिमा मंगलसिंह सेराला, अपांगता, मधेसी, थारु, अल्पसंख्यक र मुस्लिम कोटामा रामप्रसाद रेग्मी विजयी भएका छन् ।