जुम्ला– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णालीका ६० स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेतबाहेक अन्य जिल्लाका ६१ पालिकामा अधिवेशन सम्पन्न भएको हो ।
जाजरकोटको कुशे गाउँपालिकामा दुई पक्षबीचको विवादका कारण अधिवेशन स्थगित भएको छ भने ६० पालिकामा कांग्रेसको नेतृत्व चयन भएको हो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अधिकांश पालिकामा स्पर्धा भएको छ । कालीकोट, रुकुम पश्चिमसहित केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएकाले धेरैजसो पालिकाका सभापतिको खेमा स्पष्ट हुन सकेको छैन ।
हुम्लामा कांग्रेस नेता जीवनबहादुर शाहीको प्रभावका कारण पौडेल पक्ष कमजोर देखिएको छ । दैलेख, सल्यान, जुम्ला, जाजरकोट, मुगुमा पौडेल पक्ष अगाडि देखिएको छ ।
अघिल्लो पटक कर्णालीमा वर्चस्व राखेको पौडेल पक्षले यस पटक पनि कर्णालीका पालिका स्तरमा आफ्नो पकड कायम राख्न सकेको छ । पालिका अधिवेशन सकिएसँगै अब जिल्ला अधिवेशनतिर सबैको ध्यान केन्द्रित हुन थालेको छ ।
वडा तहको निर्वाचनमा महिला र युवाको सहभागिता उल्लेख्य देखिए पनि पालिकाको निर्वाचनमा भने महिलाको उपस्थिति न्यून छ । ६० स्थानीय तहमा अधिवेशन भएकामा कालीकोटको पलाता गाउँपालिकाको नेतृत्वमा धीरा बम एक मात्र महिला सभापतिका रूपमा चयन भएकी हुन् ।
हुम्ला : को–को बने सभापति
नाम्खा गाउँपालिकामा : सोनमबहादुर लामा (संस्थापन)
सिमीकोट गाउँपालिका : धर्मराज रोकाया (संस्थापन)
खार्पुनाथ गाउँपालिका : तप्तबहादुर शाही (संस्थापन)
चंखेली गाउँपालिका : नरबहादुर भण्डारी (संस्थापन)
अदानचुली गाउँपालिका : विष्णु भण्डारी (संस्थापन)
ताँजाकोट गाउँपालिका : कृष्णबहादुुर मल्ल (संस्थापन)
सर्केगाड गाउँपालिका : धनराज शाही (पौडेल समूह)
रुकुम पश्चिम : को–को बने सभापति
मुसीकोट नगरपालिका : प्रेम ओली (संस्थापन)
आठबीसकोट नगरपालिका : अमृत बोहरा
चौरजहारी नगरपालिका : प्रेमबहादुर ओली
बाँफीकोट गाउँपालिका : जनककुमार बाँठा
सानोभेरी गाउँपालिका : सन्तोष रोकाया
त्रिवेणी गाउँपालिका : दीपेन्द्रकुमार ओली
दैलेख : को–को बने सभापति
नारायण नगरपालिका : मनोजकुमार थापा (संस्थापन)
दुल्लु नगरपालिका : लालबहादुर रावत (सर्वसम्मत, संस्थापन)
आठबीस नगरपालिका : अर्जुन शाही (संस्थापन)
चामुण्डाबिन्द्रासैनी नगरपालिका : जगतबहादुर शाही (संस्थापन)
डुंगेश्वर गाउँपालिका : जगतबहादुर शाही (संस्थापन)
ठाटीकाँध गाउँपालिका : विष्णु रिजाल (पौडेल समूह)
गुराँस गाउँपालिका : चन्द्रप्रसाद भट्टराई (पौडेल समूह)
भगवतीमाई गाउँपालिका : खगेन्द्रबहादुर शाही (पौडेल समूह)
भैरवी गाउँपालिका : हेमलाल जैशी (पौडेल समूह)
महावु गाउँपालिका : कर्णबहादुर शाही (पौडेल समूह)
नौमूले गाउँपालिका : गंगबहादुर शाही (पौडेल समूह)
कालीकोट : को–को बने सभापति
खाँडाचक्र नगरपालिका : भानुभक्त आचार्य
तिलागुफा नगरपालिका : धीरेन्द्र थापा
पलाता गाउँपालिका : धीरा बम (महिला)
नरहरिनाथ गाउँपालिका : रामबहादुर बटाला
सान्नी त्रिवणी गाउँपालिका : वीरेन्द्र केसी
पचालझरना गाउँपालिका : प्रजापति सञ्ज्याल
शुभकालिका गाउँपालिका : दीर्घ शाही
महावै गाउँपालिका : पुराधी अधिकारी
रास्कोट नगरपालिका : वीर फर्साल
सल्यान : को–को बने सभापति
बागचौर नगरपालिका : दीपेश बिसी
कालीमाटी गाउँपालिका : गणेश केसी (पौडेल समूह)
शारदा नगरपालिका : दीपक हमाल (पौडेल समूह)
बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल समूह)
शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (संस्थापन)
कुमाख गाउँपालिका : इन्द्र शाही (संस्थापन)
दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (संस्थापन)
कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल समूह)
त्रिवेणी गाउँपालिका : गंगाराम पुन (पौडेल समूह)
छत्रेश्वरी गाउँपालिका : सीता केसी (संस्थापन)
जुम्ला : को–को बने सभापति
कनकासुन्दरी गाउँपालिका : लालबहादुर बुढा
सिंजा गाउँपालिका : गोविन्द शर्मा (संस्थापन)
हिमा गाउँपालिका : नरबहादुर शाही
तिला गाउँपालिका : भक्तबहादुर रोकाया
तातोपानी गाउँपालिका : धनप्रसाद चौलागाईं
चन्दनाथ नगरपालिका : रवि थापा
गुठीचौर गाउँपालिका : टेक भण्डारी (संस्थापन)
पातरासी गाउँपालिका : गोरख बोहरा
जाजरकोट : को–को बने सभापति
छेडागाढ नगरपालिका : टोपेन्द्र अधिकारी (संस्थापन)
जुनीचाँदे गाउँपालिका : वीरेन्द्र शाही (संस्थापन)
शिवालय गाउँपालिका : जस्वीर ओली (संस्थापन)
भेरी नगरपालिका : शशी बुढा (संस्थापन)
बारेकोट गाउँपालिका : रामचन्द्र जोशी (पौडेल समूह)
नलगाढ नगरपालिका : जयबहादुर सिंह (पौडेल समूह)
मुगु : को–को बने सभापति
खत्याड गाउँपालिका : लोगराज दाहाल
छायानाथ रारा नगरपालिका : राजबहादुर सेजुवाल (पौडेल समूह)
मुगुम कार्मारोङ गाउँपालिका : गारा तामाङ (पौडेल समूह)
सोरु गाउँपालिका : कुवेरजंग शाही (संस्थापन)