close

कांग्रेस ताप्लेजुङको जिल्ला अधिवेशनमा झन्डै ११ सय मतदाता

कांग्रेस ताप्लेजुङको जिल्ला अधिवेशनमा झन्डै ११ सय मतदाता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– नेपाली कांग्रेस ताप्लेजुङको जिल्ला अधिवेशनमा झन्डै ११ सय मतदाता हुने भएका छन् । पालिका अधिवेशनसँगै प्रत्येक पालिकाबाट २ जनाका दरले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गरेर आउने क्षेत्रीय प्रतिनिधिसमेत गरी १ हजार ७९ जना क्षेत्रीय प्रतिनिधि हुने कांग्रेस ताप्लेजुङका सचिव मंगल मेन्याङ्वोले जानकारी दिए । उनका अनुसार प्रत्येक पालिकाबाट २–२ जनाका दरले आउनेबाहेक अरू सबै क्षेत्रीय प्रतिनिधिको टुंगो लागेको छ । 

 

मेन्याङ्वोका अनुसार निर्वाचन क्षेत्र १ (क) बाट ५ सय ६४ र १ (ख) बाट ४ सय ९७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । चयन भएका क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिका र जिल्ला अधिवेशन दुवैमा नेतृत्व चयन गर्ने मतदानको अधिकार राख्छन् ।

 

गाउँपालिकाका लागि भने सम्बन्धित पालिकाबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले आफ्नो पालिकाको नेतृत्व चयनमा मात्र मतदाता हुन पाउँछन् । सचिव मेन्याङ्वोका अनुसार बहालवाला सांसद, सांसदका उम्मेदवार, जिल्ला सभापति, वर्तमान र पूर्वकेन्द्रीय सदस्य स्वतः क्षेत्रीय प्रतिनिधि बन्न पाउनेछन् ।