नवलपरासी– पश्चिम नवलपरासीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा दुई जना जनप्रतिनिधिले सनाखत गरेका छन् ।
बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईं र सोही नगरपालिका वडा नम्बर २ का वडा सदस्य कृष्ण पाण्डेले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
पूर्वी नवलपरासीमा भने एकीकृत समाजवादी पार्टीमा हालसम्म कोही पनि खुलेका छैनन् । केपी ओली नेतृत्वको नेकपा एमालेबाट छुट्टिएसँगै नेता नेपालले नयाँ पार्टी दर्ता गरेपछि स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न मंगलबारसम्मको समयसीमा दिइएको छ ।