काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा जम्मा भएक छन् । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए। आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।
प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक संख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको बताए ।
यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।