काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतलनिवासले जानकारी दिएको हो ।
‘राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकिएको छ । सपथको तयारी हुँदै छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने ।
देउवा पाचौँ पटक प्रधानमन्त्री बनेका हुन् । उनको सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन ।
प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको उनले बताए ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
देउवा पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलो पटक २०५२, त्यसपछि २०५८ र २०६१ मा प्रधानमन्त्री भएका थिए ।
देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।