धनुषा- प्रदेश २ सरकारमा पनि नेपाली कांग्रेस सहभागी हुने भएको छ । तीन महत्वपूर्ण मन्त्रालय लिएर आजै कांग्रेसले प्रद्श सरकारमा इन्ट्री मारेको हो ।
संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भनिएपनि अन्य दुईजनाको भने नाम टुंगो लागिसकेको छैन । तीनजना मन्त्रीको आजै सपथग्रहण हुने बताइएको छ ।
यादवले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने भएका छन् ।
कांग्रेसको भागमा ऊर्जा तथा खानेपानी मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय परेको छ ।