रुपन्देही– नेकपा हुँदै नेकपा एमालेभित्रको शक्ति संघर्षका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्सीपनि संकटमा परेको छ ।
नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने भएका छन् ।
जसपाले अविस्वासको प्रस्तावमा साथ दिने र नेकपाकै माधव नेपाल खेमाका सांसदले फ्लोर क्रस गर्ने सहमति पछि माओवादीको नेतृत्वमा अविस्वासको प्रस्ताव दर्ता भएको हो ।
माओवादी सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने भएको छ । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।