काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ ।
ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा पेश भएको प्रतिवेदनमा ओली स्वेच्छाछारी भएको भन्दै आगामी कार्यदिशाको एउटा एजेण्डाका रुपमा ओलीको राजीनामा परेको छ ।
पार्टीलाई एकतावद्ध बनाएर अघि वढाउन भनदै पेश भउको प्रस्तावमा समूहगत छलफल भइरहेको छ । एमालेले आगामी दिनमा गर्नुपर्ने कामका रुपमा पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काउनुपर्ने देखि लिएर अध्यक्ष केपीलाई अध्यषबाट राजीनामा गराएर हटाउनुपर्नेसम्मका विषय समेटिएका छन् ।
खनाल-नेपाल खेमाले देखेका अबका काम
निष्कर्ष: पार्टी अध्यक्षको तानाशाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरौँ र नेकपा एमालेको एकताको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ ।