काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् ।
नेकपाभित्र आन्तरिक विभाजन आएसँगै ओली खेमाले देव गुरुङलाई जिम्मेवारीमुक्त गरी भट्टराईलाई जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेको जनाएका छन् ।
विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशिल भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।