close

नगरप्रमुख आचार्यले राष्ट्रसंघ महासचिवलाई ढाकाटोपी लगाइदिए

नगरप्रमुख आचार्यले राष्ट्रसंघ महासचिवलाई ढाकाटोपी लगाइदिए

Trulli
ADVERTISEMENT

कास्की- नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरा महानगरपालिकाले ढाकाटोपी लगाइदिएर भव्य स्वागत गरेको छ । 

अन्नपूर्ण बेसक्याम्पतर्फ प्रस्थान गर्ने क्रममा सोमवार दिउँसो पोखरा पुगेका महासचिव गुटेरेसलाई महानगरपालिकाका मेयर धनराज आचार्यले ढाकाटोपी लगाइदिएका थिए । त्यसपछि  उनलाई महिलाहरूद्वारा बजाइएको पञ्जेबाजा र स्थानीय पहिचान झल्कने परम्परागत नृत्यद्वारा स्वागत गरिएको थियो ।

महासचिवलाई स्वागत गर्न गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङ लगायत पुगेका थिए ।