धनुषा - जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुख किशोरी साहले पालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिलाई टीका र जमरा लगाइदिएका छन् । विजयादशमी, २०८० को अवसरमा नगरप्रमुख र उपप्रमुखले नगर कार्यपालिकाको कार्यालय परिसरमा टीका र जमरा लगाइदिएका हुन् ।