नवलपरासी । मध्यविन्दु नगरपालिकामा नन्दपुर मगर सामुदायिक होमस्टे स्थापना भएको छ । नगरपालिकाको वडा नम्बर २ मा सो होमस्टे स्थापना भएको हो ।
नगरपालिका भित्र पर्यटन पर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वाससहित होमस्टे सञ्चालनमा ल्याएको नगरप्रमुख भिमलाल अधिकारीले बताए । पर्यटन पर्वद्धन र होमस्टेको वृत्ति बिकासमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने नगरप्रमुख अधिकारीले प्रतिबध्दता जनाएका छन् ।
मगर ७, थारु २ र ब्राह्मण १ गरी १० परिवारद्वारा स्थापित होमस्टेमा क्रमश थप परिवारहरु पनि समावेश हुदै जाने विश्वास उनको छ । नगरपालिकाको अन्यवडाहरुमा पनि क्रमशः सम्भाव्यता अध्ययन गर्दै पर्यटन पर्वद्धन गर्ने नीति लिएको उनले बताए ।