कास्की। पोखरा महानगरपालिकाले फेवातालमा जम्मा भएको जलकुम्भीको सरसफाई गरेको छ। शनिबार पोखरा–१८ ढल्केबर आसपासको क्षेत्रमा जम्मा भएको जलकुम्भी झार निकालेको हो ।
फेवाताल संरक्षण अभियान अन्तर्गत महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियानद्वारा संयुक्त रूपमा जलकुम्भी सफाई कार्यक्रम गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।
तस्बीर : पोखरा महानगरपालिकाको सामाजिक सञ्जालबाट