डडलेधुरा । गन्यापधुरा गाउँपालिकाले पालिका क्षेत्रमा भएको निर्माण कार्यको अनुगमन गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष चक्रबहादुर देउबासहितको टोलीले बिहिबार स्थलगत अनुगमन गरेको हो ।
गाउँपालिकाका अनुसार पालिका क्षेत्रमा निर्माण कार्य गर्दै आएको विभिन्न क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमाा गाउँपालिकाको प्रशासकिय भवनको पहिलो तलाको ढलानको कार्य सुरु भएको पालिकाका कार्यवाहक अध्यक्ष देउवाले बताए
आदित्य आधारभुत बिद्यालयको दुईकोठे भवन र खानेपानी योजनाको काम सुचारू भएको पालिकाले जनाएको छ । समैजी आधारभुत विद्यालय गौलिगाउँको दुईकोठे भवनको ढलान कार्य सम्पन्न भएको छ ।
लाटामाण्डौं आधारभुत विद्यालय रुमायलको फिल्ड निर्माण कार्य सुरु भएको जनाइएको छ । यस्तै अनुगमनमा कुलेडी खेलकुद मैदानको काम सुचारु गरिएको उनले बताए । लाटा गन्याप प्राथमिक विद्यालय मालीगाउँको दुईकोठे भवन निर्माणको काम सुचारु भएको गाउँपालिकाले जनाएको छ ।
उनले पालिकामा भइरहेको निर्माण कार्यका जानकारी लिनको लागि समय समयमा अनुगमन गर्दै आएको बताए ।
तस्वीरहरु
तस्वीर: गन्यापधुरा गाउँपालिकाकाे सामाजिक सञ्जालबाट