close

ढकमक्क फुलेको मखमलीले धपक्कै ढाकेको गुण्डु (फोटो फिचर)

ढकमक्क फुलेको मखमलीले धपक्कै ढाकेको गुण्डु (फोटो फिचर)

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु गाउँ मखमली र सयपत्री फूलले धपक्कै ढाकेको छ । 

खेतबारीदेखि करेसाबारीसम्म फूलले धपक्कै ढाकेको छ भने स्थानीयलाई फूल टिप्ने, माला उन्ने र बजार पुर्‍याउने चटारोले भ्याइनभ्याइ छ । 

तिहारमा भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुण्डुमा बन्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ ।

मखमली फूलको माला विदेशमा पनि निर्यात गरिन्छ भने सयपत्री भने अझै आयात गर्नुपर्ने अवस्था छ । 

तस्बिर :- राधिका श्रेष्ठ/विपना मुसिख्वाल