close

नगरकोटमा शुक्रबारे हाट बजार

नगरकोटमा शुक्रबारे हाट बजार

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ ले शुक्रबार हाट बजार सञ्चालन गरेको छ । वडा नम्बर ६ को कार्यालयको पहलमा आजदेखि हाटबजार सञ्चालन गरेको हो । 

हाट बजार प्रत्येक साताको शुक्रबार सञ्चालन हुने वडा अध्यक्ष धनबहादुर लामाले बताए । उनका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिन तथा बजारको व्यवस्थापन गर्नको लागि वडा कार्यालयले सो हाट बजार सञ्चालनमा ल्याएको हो ।  वडा नम्बर ६ नगरकोटको बसपार्क क्षेत्रस्थित महामञ्जुश्री डाँडामा बजार सञ्चालन गरिएको हो ।

उनले अर्गानिक उत्पादनलाई प्रोत्साहन दिनको लागि सो बजार सञ्चालनमा ल्याएको बताए । बजारमा स्थानीय उत्पादन कृषिजन्य सामग्रीको स्टल राखिएको उनले पालिकाखबरलाई बताए । बजारमा वडा नम्बरमा ६ र मण्डेनदेउपुर नगरपालिकामा उत्पादित स्थानीय सामग्री राखिएको उनले सुनाए । 

कृषकको लागि वडा कार्यालयले स्टलको निःशुल्क व्यवस्थापन गरेको बताए । 'ग्रामीण क्षेत्र भएपनि धेरै तरकारी कालीमाटीबाट आउने गर्छ । सोको अन्त्य गरी स्थानीय तरकारी तथा उत्पादनलाई प्राथमिकता दिनको लागि शुक्रबारे हाट बजार सञ्चालनमा ल्याएको हो,' उनले भने, ' यहाँ उत्पादित सामग्रीहरु कमलविनायक तथा काठमाडाै‌ंमा लगेर पनि बेचिन्छ । साथै बजारकाे व्यवस्थापनकाे लागि याे अवधारणा ल्याएका हाैँ ।' 

उनले नगरपालिका क्षेत्रमा पहिला पटक हाटबजार सञ्चालनमा ल्याएको र स्थानीयको सहभागिता उत्साहजनक रहेको बताए ।