close

वीरगञ्जमा भोलि शोक विदा

वीरगञ्जमा भोलि शोक विदा

Trulli
ADVERTISEMENT

पर्सा । वीरगञ्ज महानगरपालिकाले भोलि स्थानीय शोक विदा दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार स्थानीय  शोक विदा दिएको हो । 

सूचनाको अनुसार नगर कार्यपालिकाको कार्यालय अन्तर्गत प्रसौनीविर्ता स्वास्थ्य चौकीमा इन्चार्ज  तथा सिअहेव अधिकृत छैठौं पदमा कार्यरत मुनिलाल चौधरीको क्यान्सरको उपचारको क्रममा मृत्यु भएकोले शोक विदा दिइएको हो । 

उनको निधनमा शोक व्यक्त गरी शुक्रबार विहान ११ बजे शोक सभामा सहभागी हुन महानगरपालिकाले अनुरोध गरेको छ । चौधरीको निधनमा महानगरपालिकाभित्र अत्याश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ ।