close

बैशाख ३ गते हल्दीबारीमा स्थानीय पर्व विदा

बैशाख ३ गते हल्दीबारीमा स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

झापा । हल्दीबारी गाउँपालिकाले बैशाख ३ गते स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बैशाख ३ गते स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार सो दिन लोपोन्मुख मेचे जातिहरुको बैशागु बथर तथा स्थानीय आदिवासी राजवंशी जातिको सिरुवा पर्व पर्न गएकाले विदा दिएको हो । 

सो दिन गाउँ कार्यापालिका अन्तर्गतको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ ।