काठमाडौं । शंखरापुर नगरपालिकाले स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबार गते स्थानीय पर्व विदा दिएको हो ।
नगरपालिकाको कार्यपालिका बैठकले साँखु बज्रयोगिनी माई मूल जात्राको अवसरमा सो दिन विदा दिने निर्णय गरेको हो । नगरपालिकाको अनुसार सो दिन पालिका अन्तर्गतका कार्यालय, कार्यपालिका, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था बन्द रहने जनाइएको छ ।
विदाको दिन आकस्मिक सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।