सल्यान । सिद्ध कुमाख गाउँपालिकामा कृष्टलको गहना बनाउने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ३ को कार्यालय डाडाँकटेरीमा सो तालिम सुरु भएको हो ।
महिलाहरुको क्षमता विकासको लागि पालिकाले सो तालिमको आयोजना गरेको पालिकाका अध्यक्ष भरत गिरीले बताए । उनले सो तालिममा सहभागी भएका महिलाहरु आर्थिक तथा सामाजिक रुपमा समेत सक्षम हुने विश्वास व्यक्त गरे ।
तालिम १५ दिनसम्म सञ्चालन हुने छ । १५ दिन तालिमबाट कृष्टलबाट बन्ने सामग्रीको जानकारी दिनुका साथै बनाउन पनि सिकाइने उनले बताए ।